धनकुटाका सबै जनप्रतिनिधि प्रधानमन्त्री ओलीको पक्षमा

धनकुटा । धनकुटा जिल्लाका सबै सांसद र स्थानीय तहका जनप्रतिनिधिहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको पक्षमा उभिएका छन् । शुक्रबार जिल्ला कमिटिको बैठकपछि स्थानीय तहका जनप्रतिनिधिहरुले संयुक्त पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पक्षमा उभिएको जानकारी दिएको छ । उनीहरु जारी गरेको प्रेस विज्ञप्तीमा प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यत्मक कार्य भएको उल्लेख छ । सहमतिमा एकता भएको पार्टीमा गणतीय जोडघटाउ गरी पार्टी र सरकार कब्जा गर्ने प्रयास भएकाले प्रतिनिधिसभा विघटन भएको विज्ञप्तीमा उल्लेख छ ।
प्रेस विज्ञप्तीमा प्रतिनिधिसभाका निवर्तमान सांसद एवं नेकपाका केन्द्रिय सदस्य राजेन्द्रकुमार राई, प्रदेश सभा सदस्यहरु इन्द्रमणी पराजुली, निरन राई र बीना राई, धनकुटाका नगरपालिका मेयर चिन्तन तामाङ, उपमेयर सकुन्तला बस्नेत, पाख्रीबास नगरपालिकाका मेयर बिर्खबहादुर राई, उपमेयर देवकला तिमिल्सिना, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, उपमेयर मन्जुकुमारी कार्की, चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याखा र उपाध्यक्ष बिन्द्रा राई, सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राई र उपाध्यक्ष रत्नश्वरी राई र छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु र उपाध्यक्ष भीमकला श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


प्रतिकृया दिनुहोस्