बलात्कारमा फसाउन खोज्ने महिलालाई जेल सजाय

पाेखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार की २७ वर्षीया महिलाले गाउँकै एक यूवाबाट घरमुनीको खेतमा र पटक–पटक आफूँ बलात्कृत भएको भन्दै प्रहरी चौकीमा पुगिन् । ३६ बर्षिय यूवाले खेतबारी र घरभित्र गरी १२ पटकसम्म जवरजस्ती करणी गरेको भन्दै उनले किटानी जाहेरी दिइन् । घटनाको प्रकृति हेरेर अलमलमा परेको प्रहरीको टोली घटनास्थलमै पुगेर मुचुल्का गरी जाहेरी दर्ता गरी बरुवाल थरका पुरुष पक्राउ गर्दै हिरासतमा राखेर प्रहरीले घटनाको अनुसन्धान अघि बढायो। जाहेरीमा महिलाले पहिलोपटक २०७६ मंसिर १५ गते र अन्तिम पटक ०७६ फागुन १९ गते घरमै आएर बलात्कृत भएको महिलाले उल्लेख गरेकी थिइन्। छिमेकी जिल्ला मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका वडा नं १ चराङको एक गुम्बामा कार्यरत शिक्षक बिरुद्ध घरायसी विवाद र लेनदेनबाट उम्किन बलात्कारको किटानी जाहेरीको पुष्टी भएसँगै जवरजस्ती करणीको आरोप लगाउने यूवतीलार्इ सजायको फैसला गरेको छ ।
जिल्ला अदालत म्याग्दीले पुस २३ गते गरेको फैसला अनुसार ती युवतीलाई १५ दिन कैद र १ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको छ । युवतीले यौनशोषण गरेको बकपत्रमा उल्लेख गरेको र उक्त बकपत्र झूटो भएको ठहर गर्दै अदालतले फैसला गरेको हो । सजाय फैसला भएकी यूवतीका श्रीमानले समेत गलत सूचना दिएर आफन्तलाई फसाउन खोजेको भन्दै अदालतमा बयान दिएका थिए । जवरजस्ती करणीको प्रतिवादीको तर्फबाट अधिबक्ता चिरञ्जीवि शर्मा र अभिवक्ता ठाकुरप्रसाद आचार्यले बहस गरेका थिए । प्रतिवादीलाई बरुवाललाई मुलुकी अपराध संहिता २०७४ दफा २१९ अनुसार ७ देखि १० बर्षसम्म सजाय मागदावी सहित मुद्धा दर्ता गरिएको थियो । निजको स्वास्थ्य चेकजाँचको क्रममा सरुवा रोग समेत देखिएकाले थप सजाय आर्कषित हुने अवस्था रहेको थियो ।
जिल्ला अदालतका अनुसार पीडित भनिएकी युवतीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २, खण्ड (क) अनुसार फैसला भएको हो। दफा ४४ (२) मा ‘सबुत प्रमाण वा उजुरीका आधारमा अनुसन्धान भई अदालतमा मुद्दा चलिसकेपछि त्यस्तो कुरा वा सबुत वा प्रमाण झूटा वा बनावटी देखिएमा अदालतले सोही मिसिलबाट प्रमाण बुझी आफ्नो कारबाही अगाडि बढाउन सक्ने’ उल्लेख गरिएको छ।उपदफा २ को खण्ड (क) मा झूटो कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने, तर तर त्यसरी सजाय गर्दा कसूरदारलाई हुने सजायको आधाभन्दा बढी कैद वा जरिवाना गर्न नसकिने उल्लेख छ। म्याग्दी जिल्लामा बिना कसुर फसाउन खोज्नेमध्ये चारवटा घटनामध्ये जवरजस्ती करणीमा पहिलोपटक जायरी दरखास्त दिएकी यूवतीलाई नै सजाय तोकिएको छ ।
यसरी भयो झुटको पर्दाफास
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणधिन अवस्थामा रहेको २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइनको मुआब्जा बापतको क्षर्तीपूर्तीमा जाहेरवालीसँग प्रतिवादीकी श्रीमतिको विवाद भएको थियो। जाहेरवालीकी श्रीमानले अदालतमा दिएको लिखित बयानमा मुआब्जा बापतको ३२ लाख ६५ हजार रुपैयाँको विवादमा सासुलाई सघाएको आरोपमा जवरजस्ती करणीको मुद्धामा फसाउने प्रयास गरिएको देखिन्छ। श्रीमतिले भिनाजु नाता पर्नेलाई बलात्कारको झूटो कथा रचेका समेत अन्तिम समयमा जानकारी पाएको उनले बताए । मुआब्जा बापतको आधा रकम जाहेरवालीका श्रीमानलाई दिएको र आधा रकम सासुले राखेकी थिईन् । सबै रकम पाउनुपर्ने माग गरेपनि सासुलाई सघाएको भन्दै जेल हाल्ने धम्की दिदैं आएकी थिईन् । त्यस्तै जाहेरवालीले गाउँमा जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा दर्ता गरेको जाहेरीको मितिमा प्रतिवादी मुस्ताङ, पोखरा र बेनीबजारका रहेको तथ्य समेत फेला परेको थियो । पछिल्लो समय मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको गलत व्याख्या र दुरुपयोग गर्दै महिलाले पुरुषहरुलाई फसाउने गरिरहेको पछिल्ला केही घटनाबाट पुष्टि हुने गरेको अवस्थामा तथ्य र प्रमाण भएमा निर्दोष नफस्ने कानुन ब्यवसायी ठाकुरप्रसाद आचार्यले बताए ।

प्रतिकृया दिनुहोस्