सरकारी निकायले वर्षेनी सवारी साधन खरिदमा खर्च गर्छन ६ अर्बभन्दा बढी

सरकारी निकायले वर्षेनी सवारी साधन खरिदमा खर्च गर्छन ६ अर्बभन्दा बढी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। सरकारी निकायहरूले वर्षेनी सवारी साधन खरिदमा ६ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सरकारी कार्यालयहरुले गरेको सवारी साधन खरिदको अध्ययनले उक्त कुरा देखाएको हो। आर्थिक वर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ मा क्रमशः ६अर्ब ७१ करोड ३४ लाख, ६ अर्ब ६१ करोड ४५ लाख र ५ अर्ब ८६ करोड ८३ लाख रुपैयाँ सवारी साधन खरिदमा खर्च गरेको देखिन्छ।