बुटवलमा अक्सिजन बैंक स्थापना, बिरामीलाई नि:शुल्क दिने उपमहानगरपालिकाको घोषणा

बुटवलमा अक्सिजन बैंक स्थापना, बिरामीलाई नि:शुल्क दिने उपमहानगरपालिकाको घोषणा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल। बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ। उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन र घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीको टोलीले अक्सिजनसहित सेवा उपलब्ध गराउन अक्सिजन बैंक स्थापना गरिएको हो।

अक्सिजन बैंकको आज उपमहानगरपालिका परिसरमा नगर प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे।उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्डर, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेसनबाट सूचना आउँन साथ सेवा उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको नगरप्रमुख सुवेदीले बताए।

उपमहानगरपालिकाले यसअघि संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधि आफै घर–घरमै पुग्ने गरेका छन् । कोरोनको दोस्रो लहर फैलिएपछि अहिले अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पुर्‍याउने गरि नयाँ व्यवस्था गरिएको छ । एम्बुलेन्स, पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ ।रासस