प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न ब्यक्तिको मृत्यु भए परिवारलाई २५ लाख दिने

प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न ब्यक्तिको मृत्यु भए परिवारलाई २५ लाख दिने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रदेश १ सरकारले कोभिड १९ संक्रमित बिरामीको उपचारमा संलग्न ब्यक्तिको मृत्यु भएकामा क्षतिपूर्तिस्वरुप २५ लाख रुपैयाँ  दिने भएको छ। बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको  सामाजिक विकास मन्त्री उषाकला राईले बताइन्। 

कोभिड-१९ को पहिचान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरुको मृत्यु भएमा क्षतिपूर्तिस्वरुप यो रकम प्रदान गर्ने बताइएको छ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले कोभिड- १९ को राेकथाम र नियन्त्रण गर्न सबै स्थानीय तहले काम गर्न र सबैले सामुहिक रुपमा काम गर्नअनुराेध गरेको छ।