राष्ट्रसंघ भन्छ– गत वर्ष झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गरे

राष्ट्रसंघ भन्छ– गत वर्ष झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गरे
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी। संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गर्नु परेको जनाएको छ। राष्ट्रसंघसमेतका १६ संस्थाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ।

उक्त प्रतिवेदनले ९७ प्रतिशत मानवीय सहायता पाइरहेका ५५ मुलुकलाई केन्द्रित गरेको राष्ट्रसंघको भनाइ छ। प्रतिवेदनले गत वर्ष उत्पन्न खाद्य सङ्कटको आकार र कठिनाई खासगरी दिर्घकालिन द्वन्द्व, कोभिड–१९ महामारीका कारण सिर्जित आर्थिक मन्दि र मौसमी प्रतिकूलताले उत्पन्न भएको औंल्याएको छ ।

सन् २०१९ मा करिब २ करोड मानिसले खाद्य सङ्कट व्यहोर्नु परे पनि सन् २०२१ मा झण्डै १६ करोड मानिसले सङ्कट, आपतकाल वा भोकमरिको सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार, भयानक सङ्कटबाट गुज्रिरहेका विश्वका १० वटा मुलुकका झण्डै दुई तिहाई जनताले चरम खाद्य सङ्कट झेलेका छन् जसमा कङ्गो, यमन, अफगानिस्तान, सिरिया, सुडान, उत्तरी नाइजेरिया, इथियोपिया, साउथ सुडान, जिम्बाबे र हैटी रहेका छन् । बुर्किना फासो, साउथ सुडान र यमनका करिब एक लाख ३३ हजार मानिसले भोकमारीबाट अतिशय पीडामा छन् ।