June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

धनकुटाको सहिदभूमी गाउँपालिकामा हाटबजार र यातायात बन्द

धनकुटाको सहिदभूमी गाउँपालिकामा हाटबजार र यातायात बन्द
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। सहिदभूमी गाउँपालिकाले कोभिड-१९ फैलन नदिन स्थानीय हाटबजार बन्द गरेको छ। गाउँपालिका कार्यालयले आज सूचना जारी गरी मान्छेको भीडभाड हुने हाटबजारलाई बैशाख ३१ गतेसम्म बन्द गरेको हो ।

त्यस्तै गाउँपालिकाले यात्रु बोक्ने सवारी साधानलाई समेत सञ्चालन गर्न रोक लगाएको छ। यी बाहेक स्ठानीयबजारका पसलसमेत बिहान ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र खोल्न दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए।

गाउँपालिकाले कोभिड-१९संक्रमितको उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा क्‍वारेन्टिन निर्माण गरेको छ। विरामीलाई तत्काल उपचारमा लैजानको लागि एम्बुलेन्सको सुविधासमेत रहेकझ अध्यक्ष राईले बताए।