January 21, 2022, Friday
२०७८ माघ ७, शुक्रबार

नवलपरासीका दुई पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन

नवलपरासीका दुई पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन्। जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन्।

गैँडाकोट नगरपालिकाले कोभिड-१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख छत्रराज पौडेलले बताए। त्यसैगरी कावासोती नगरपालिकाले समेत कोभिड–१९ का सङ्क्रमित बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको नगरउपप्रमुख प्रेमशङ्कर मर्दनियाले बताए।