June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित, उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी

बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित, उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान। विभिन्न माग राखेर कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आज बिपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

कोभिड-१९ को भत्ता पारदर्शी गरेर सम्पूर्ण कर्मचारीलाई समानरूपमा वितरण गर्नुपर्ने, गतवर्ष वृद्धि भएको २० प्रतिशत तलब उपलब्ध गराउनु पर्ने, कर्मचारीको आन्तरिक फाइल बढुवा विज्ञापन खोल्नुपर्ने, ज्यालादारी कर्मचारीलाई करारमा राख्नुपर्ने लगायतका माग रहेको कर्मचारी कल्याण तदर्थ समितिका संयोजक राजन कोइरालाले बताए।

“पदाधिकारीहरु ठेक्कापट्टाको कमिसनमा मात्र चासो राख्नु हुन्छ। हामी कर्मचारीको माग सुन्नुहुन्न । वैशाख १४ गते लिखित दिएको मागबारे सुनुवाइ भएन । पटकपटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएकाले तालाबन्दी गर्न बाध्य भएका हौं,” कोइरालाले भने।