पोखरामा अक्सिजन बैंक स्थापना

पोखरामा अक्सिजन बैंक स्थापना
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा। पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ। यहाँ क्रियासिल विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एसोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन्।

अक्सिजन ग्याँसको अभावमा कोही पनि बिरामी उपचारबाट बञ्चित हुन नपरोस् भनेर ग्याँस सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुर्‍याउने गरी काम सुरु गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन्।

अटो मेकानिकल वर्कसपमा दुई हजार हाराहारीमा अक्सिजन सिलिण्डर रहेकाले ती सिलिण्डर अक्सिजन ग्यास उद्योगमा लगेर भरिने र आवश्यकताका आधारमा अस्पतालमा उपलव्ध गराउने उद्देश्यले अक्सिजन बैंक स्थापना गरिएको बताइन्छ ।

कार्यक्रममा प्रचार संयोजक अर्जुन खनालले आपतकालिन अवस्थामा कसैले पनि अनावश्यक अक्सिजन ग्यास सिलिण्डर भण्डारण नगर्न आग्रह गर्दै आफूहरुको अभियानमा साथ दिन आग्रह गरे।

रोटरी क्लव अफ पोखरा, रोटरी क्लव अफ लेकसाइड, रोटरी क्लव अफ न्यूरोड, रोटरी क्लव अफ अन्नपूर्ण, रोटरी क्लव अफ फिस्टेल, रोटरी क्लव अफ मिट टाउन र रोटरी क्लव अफ पोखरा लेखनाथले अक्सिजन बैंक स्थापनाको अभियान सुरु गरेका हुन् ।