मलेसिया, बेलायत, सिङ्गापुर, बंगलादेशपछि युएईले लगायो नेपालीमाथि अस्थायी प्रतिबन्ध

मलेसिया, बेलायत, सिङ्गापुर, बंगलादेशपछि युएईले लगायो नेपालीमाथि अस्थायी प्रतिबन्ध
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपाली यात्रुमाथि अस्थायी प्रतिबन्ध लगाएको छ।

नेपालमा कोरोना संक्रमण बढेपछि युएईले नेपाली यात्रुमाथि प्रतिबन्ध लगाएको हो। युएईले बुधबारबाट लागू हुनेगरि नेपाललगायत बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिक माथि प्रतिबन्ध लगाएको युएईका स्थानीय मिडियाले उल्लेख गरेका छन्।

यसअघि मलेसिया, बेलायत, सिङ्गापुर र बंगलादेशले आफ्नो देशमा प्रवेश गर्न नेपाली नागरिक माथि अस्थायी प्रतिबन्ध लगाइसकेका छन्।