बाबुराम उपेन्द्र पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

बाबुराम उपेन्द्र पक्षको कार्यकारिणी समितिको बैठक बस्दै
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। जनता समाजवादी पार्टीको बाबुराम-उपेन्द्र पक्षले आफ्ना निकट केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

आज दिउँसो १२ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बस्न लागेको केन्द्रीय कार्यकारिणी सदस्य रेणु यादवले देखापढीलाई जानकारी दिइन्। उनले भनिन्, “बैठकमा पछिल्लो राजनीतिक गतिविधिबारे र अब कसरी अघि बढ्नेबारे छलफल हुन्छ।” महन्थ पक्षका कार्यकारिणी सदस्य केशव झाले हाम्रो कुनै बैठक नरहेको स्पष्ट पारेका छन्।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य यादवले राजेन्द्र महतोलाई संसदीय दलको नेता स्वीकार नगर्ने बताएकी छिन्। उनले भनिन्, ‘रिसोर्टमा थुनिएर बहुमतको बलमा दलको नेता बन्नु लोकतान्त्रिक विधि होइन। पार्टीभित्र विधान विपरीत हिँड्नुको औचित्य छैन। त्यो हामीलाई स्वीकार्य हुन सक्दैन।’

दलको बैठक बोलाएर नेता छान्नुपर्ने उनले बताइन्। शुक्रबार महन्थ पक्षको बहुमत सांसदले दलको नेतामा महतोलाई चयन गरेको थियो।