अवैध हातहतियारसहित चार जना पक्राउ

खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा अवैध सामान सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने डम्बरबहादुर कार्की, द्रोणकुमार कार्की, रबिन्द्र कार्की र कृष्ण बहादुर बिक रहेका छन्। उनीहरुको घरबाट प्रहरले भरुवा बन्दुक, बारुद, फलामको छर्रा लगायतका सामाग्री बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रतिकृया दिनुहोस्