एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन

काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि कार्यदल गठन भएको छ। कार्यदलमा नेता माधव नेपालको तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे रहेको छन्।
यस्तै संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्। कार्यदललाई तीन दिनमा काम सम्पन्न गर्न निर्देशन दिइएको छ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच प्रधानमन्त्री एवं मन्त्रीपरिषद् कार्यालयमा जारी वार्तापछि कार्यदल गठन भएको हो। छाटो प्रतिक्रिया प्रधानमन्त्री ओलीले भने- पार्टी एकता सकारात्मक दिशामा अगाडि बढेको छ। आज प्रधानमन्त्री ओली र नेपालबीच वान टु वान बार्ता भएको हो ।

प्रतिकृया दिनुहोस्