हात भाँचिने गरी विद्यार्थी कुट्ने शिक्षिकालाई ५ हजार जरिवाना र १५ दिन कैद

हात भाँचिने गरी विद्यार्थी कुट्ने शिक्षिकालाई ५ हजार जरिवाना र १५ दिन कैद
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रोल्पा। पाँचजना विद्यार्थीको हात भाँचिने गरी कुटपिट गर्ने रोल्पाकफ रून्टिगढीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई ५ हजार जरिवाना र १५ दिन कैद हुने भएको छ।

रोल्पा जिल्ला अदालतका न्यायाधीश दिलिपराज पन्तको इजलासले शिक्षिका पुनविरुद्ध यस्तो फैसला सुनाएको श्रेस्तेदार प्रेम खड्काले जानकारी दिए। शिक्षिका पुनले २०७६ जेठ १२ गते विद्यालय ढिला आएको भन्दै १४ जना विद्यार्थीलाई निर्घात कुटेकी थिइन्।

ती कुटिएका मध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोका पाँचजनाको हात भाँच्चिएको थियो।