रावलको आँखामा समस्या भएपछि कार्यदलको बैठक अनिश्चित

रावलको आँखामा समस्या भएपछि कार्यदलको बैठक अनिश्चित
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेकपा एमालेभित्रको विवाद टुंगो लगाउन गठन गरिएको १० सदस्यीय कार्यदलको बैठक अनिश्चित बनेको छ।

माधव पक्षका कार्यदलको नेतृत्वकर्ता भीम रावलको आँखामा समस्या भएकाले बैठक अनिश्चित बनेको कार्यदलका एक सदस्यले देखापढीलाई बताए। उनले भने, ‘हेरौं कतिबेला बस्छ,अहिलेसम्म कुनै टुंगो लागेको छैन।’

आइतबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता गरेर १० सदस्यीय कार्यदल गठन गरेका थिए।