मनाङमा रोकिएका १० जना विदेशी पर्यटकको उद्धार, १२ जना अझै मनाङमै

मनाङमा रोकिएका १० जना विदेशी पर्यटकको उद्धार, १२ जना अझै मनाङमै
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनाङ। कोरोना महामारीका कारण मनाङमा रोकिएका पर्यटकलाई उद्धार गरिएको छ। अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ।अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्याङ्कमा जिल्लाभित्र २२ विदेशी नागरिक रहेका र उनीहरूलाई फिर्ता पठाउने काम भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए। हालसम्म १० पर्यटकलाई उद्धार गरिएको छ भने अन्यलाई फिर्ता पठाउने काम भइरहेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्रको समन्वयमा ङिस्याङ गाउँपालिकाबाट पाँचजना फिस्टेल एयरबाट काठमाडौं तथा पाँच जनालाई बलेरो जीपबाट पोखरा पठाइएको हो । ङिस्याङ गाउँपालिकाको गाउँमा १४, खाङ्सार तिलिचो बेसक्याम्पमा चार, ङावोलगाउँमा तीन र पिसाङ गाउँमा एकजना गरी जम्मा २२ विदेशी पर्यटक यस जिल्लामा रोकिएका थिए । अब जिल्लामा १२ पर्यटक बाँकी रहेका अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख गौतमले बताए।

वैशाखमा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक जिल्ला भित्रिएका थिए । त्यस्तै १९७ ले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका छन्। नेदरल्यान्डका नागारिक सङ्क्रमित भेटिएपछि मात्र जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका विदेशी पर्यटकको खोजी गर्न थालेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रले तथ्याङ्क उपलब्ध गराएसँगै यहाँ रहेका पर्यटकको खोजी गरी उनीहरूको इच्छाअनुसार जिल्ला प्रशासन कार्यालयले सवारी पास बनाई गन्तव्यसम्म पठाउने काम गरिरहेको प्रजिअ लामिछानेले बताए।