सांसद पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई स्पष्ट बहुमत

काठमाडौं। सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाले पदमुक्त गराएका जनता समाजवादीका ४ जना संसदलाई पुनर्वहाली गरेपछि मुख्मन्त्री शंकर पोखरेलको पक्षमा स्पष्ट बहुमत पुगेको छ। लुम्बिनी प्रदेशसभामा हाल कायम रहेको ८३ सदस्यमध्ये ४२ जना संसद मुख्यमन्त्री पोखरेलको पक्षमा देखिएका छन्।
एमालेकै संसदहरुले पदत्याग गरेपछि अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले चारजनै सांसदलाई मन्त्री बनाएका छन्। विपक्षी गठबन्धनले मुख्यमन्त्रफ पोखरेललाई विश्वासको मत लिन दवाव दिइरहेका छन्।
अहिलेको अवस्थामा एमालेका ३८, माओवादीमा १८, कांग्रेसका १९, जसपाका ६ र जनमोर्चाका १ सांसद रहेका छन् । एमालेका ३८ र जसपाबाट ४ सांसद सरकारमै सहभागी भएकाले पनि मुख्यमन्त्री पोखरेलसँग ४२ मत रहेको छ ।
यो संख्या कायम रहँदा विपक्षीले अब बहुमत पुराउनसक्ने अवस्था देखिदैन । एमालेबाट माओवादीमा प्रवेश गरेकी विमला वलीलाई एमालेले सूर्य चिन्हबाट चुनाब लडेकाले पार्टी परिवर्तन गरे कारबाही गरी पदमुक्त गराउनसक्ने पनि जनाएको छ ।
त्यो नभएको अवस्थामा पनि मौजुदा ८३ सदस्यमा ४२ जना मुख्यमन्त्री शंकर पोखरेलसँग रहेकाले पनि उनले सजिलै विश्वासको मत दिनसक्ने अवस्थामा छन् ।

प्रतिकृया दिनुहोस्