मोरङमा १५ वर्षीया किशोरी बलात्कृत

मोरङमा १५ वर्षीया किशोरी बलात्कृत
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ। मोरङमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा पथरी शनिश्चरे नगरपालिका-१० बस्ने २५ वर्षीय मनकुमार बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

ती किशोरीलाई मनकुमारले सोही ठाउँस्थित चौरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कारको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।