राष्ट्रियसभा उपनिर्वाचनः लुम्बिनीमा २ जनाको उम्मेदवारी दर्ता, दुवैले प्रदेशसभा सदस्य र पार्टी छाडेका

राष्ट्रियसभा उपनिर्वाचनः लुम्बिनीमा २ जनाको उम्मेदवारी दर्ता, दुवैले प्रदेशसभा सदस्य र पार्टी छाडेका
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल। लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि दीर्घनारायण पाण्डेय र चन्द्रबहादुर खड्काको उम्मेदवारी परेको छ। नेकपा एमालेको तर्फबाट खड्का र कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको तर्फबाट पाण्डेयले उम्मेदवारी दिएका हुन्।

पाण्डेय र खड्का दुवै यस अघि लुम्बिनी प्रदेशसभा सदस्य थिए। पाण्डेयले सांसदबाट राजिनामा दिएर कांग्रेस प्रवेश गरेका हुन भने खड्कालाई भने एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।

दुवै उम्मेदवार पाण्डेय र खड्काबीच केही विषय मिल्दाजुल्दा रहेका छन्। दुवै उम्मेदवार पहिले लुम्बिनी प्रदेशसभा सदस्य थिए। पाण्डेय एमालेबाट विजयी सांसद भएपनि राजीनामा गरेर कांग्रेसमा प्रवेश गरेका हुन्। खड्का माओवादी केन्द्रबाट विजयी भएपनि एमालेमा प्रवेश गरेकाले पदमुक्त भएका थिए।

एमालेको तर्फबाट खड्का र कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको तर्फबाट पाण्डेयले उम्मेदवारी दिएका हुन्।