अफिसमा ढिलासम्म काम गरेकै कारण ७ लाख ४५ हजार बढीको मृत्यु

अफिसमा ढिलासम्म काम गरेकै कारण ७ लाख ४५ हजार बढीको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले अफिसमा ढिलासम्म काम गरेका कारण हरेक वर्ष लाखौंले ज्यान गुमाउने गरेको जनाएको छ ।

पहिलो पटक गरिएको विश्वस्तरीय अध्ययन अनुसार सन् २०१६ मा लामो समयसम्म अफिसमा काम गरेका कारण मष्तिस्कघात र मुटुको बिरामीका कारण ७ लाख ४५ हजारको मृत्यु भएको थियो।

अनुसन्धानअनुसार हप्तामा ३५–४० घन्टा काम गर्नेको तुलनामा ५५ घन्टा काम गर्नेमा मष्तिस्कघातको खतरा ३५ प्रतिशत बढी र मुटुरोगबाट मृत्यु हुने खतरा १७ प्रतिशत बढी हुन्छ।