चिनियाँ अभिव्यत्तिप्रति इजरायलले आपत्ति जनायो

एजेन्सी। पछिल्ला दिनमा चीनले खुलेर प्यालेस्टाइनको समर्थन गरिरहेको छ। यसैकारण चिनियाँ सरकारी मिडियाले पनि प्यालेस्टाइनको समर्थनमा समाचार र सम्पादकीय लेख्दै आएका छन्।
चिनियाँ मिडियाको कन्टेन्टलाई लिएर चीनस्थित इरायली दूतावासले आपत्ति जनाएको छ। दूतावासले ट्वीटरमा लेखेको छ, “यहुदीको संसारभर नियन्त्रण छ भन्ने सिद्धान्त अब पुरानो भयो। तर फेरी यहुदी विरोधी माहोल बनिरहेको छ। चिनियाँ मिडियाको खुलेआम यहुदी विरोधी कभरेज आपत्तिजनक छ।”

प्रतिकृया दिनुहोस्