राष्ट्रियसभा उपनिर्वाचनमा माधव नेपाल समूहको अन्तर्घाटले खिमलाल देवकोटा बिजयी

काठमाडौं। एमालेमा माधव नेपाल पक्षले अन्तर्घाट गरेपछि राष्ट्रियसभा सदस्यमा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन्। कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् ।
देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।
पार्टी एकताको लागि कार्यदलमा छलफल भइरहेको बेला माधव पक्षले अन्तर्घाट गरेपछि एमालेमा थप संकट सिर्जना भएको छ। एमाले स्थायी कमिटी बैठकले पार्टीका उम्मेदवारको विपक्षमा मतदान गर्नेलाई पहिचान गरी कारबाही गर्ने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्