प्रधानमन्त्रीले ओलीले ७६ को(५) अनुसार सरकार बनाउन मार्ग प्रसस्त गर्ने

प्रधानमन्त्रीले ओलीले ७६ को(५) अनुसार सरकार बनाउन मार्ग प्रसस्त गर्ने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६को(५)अनुसार सरकार बनाउने मार्ग प्रसस्त गर्ने भएका छन्। नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रधानमन्त्री राजीनामा गर्ने र धारा ७६ को उपधारा ५ अनुसारको सरकार बनाउन राष्ट्रपतिले आह्वान गर्न सक्ने सम्भावना रहेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभन्दा पनि ७६ को ५ अनुसार सरकार बनाउन मार्ग प्रसस्त गर्ने कुरा गरेको एक मन्त्रीले बताए। उनले भने, “प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा गर्नुभएन। ७६ को ५ अनुसार अर्को सरकार बनाउनेतिर लाग्नेबारे मार्ग प्रसस्त गरिदिने कुरा गर्नुभयो।”

संविधानको ७६ को उपधारा ५ मा के छ ?

काठमाडौं। संविधानको धारा ७६ को उपधारा ५ बमोजिम कुनैपनि सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार राष्ट्रपतिलाई प्रस्तुत गर्नुपर्छ।यसका आधारमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ।

यसरी बनेको सरकारले १ महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्छ।तर विश्वासको मत प्राप्त गर्न नसकेमा सोही धाराको उपधारा ७ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र निर्वाचन गर्न नयाँ मिति तोक्नेछ।