May 12, 2022, Thursday
२०७९ बैशाख २९, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

राष्ट्रपति भण्डारीद्वारा कार्तिक २६ र मंसिर ३ गतेको मध्यावदी निर्वाचन घोषणा

राष्ट्रपति भण्डारीद्वारा कार्तिक २६ र मंसिर ३ गतेको मध्यावदी निर्वाचन घोषणा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। संविधानअनुसार सरकार बन्ने सम्भावना नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कार्तिक २६ र मंसिर ३ गतेको लागि मध्यावदी निर्वाचन घोषणा गरेकी छिन्।

नेपाल सरकार मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले निर्वाचनको मिति घोषणा गरेकी हुन्। संविधानअनुसार सरकार बन्ने कुनै सम्भावना नदेखिएकाले निर्वाचनको मिति घोषणाा गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

ओली र देउवाको माग दावी खारेज

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री पदका लागि एमालेकाअध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको मागदावी राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छिन्।

३८ जना संसदको हस्ताक्षर दोहोरो भएको र उनीहरुको पार्टीले ती हस्ताक्षरलाई मान्यता नदिनु भन्ने पत्र लेखिपठाएकाले दुवैपक्षमा बहुमत पुग्ने पर्याप्त आधार नभएपछि प्रधानमन्त्री पदमा नियुक्ति गर्ने मागदावी निवेदन खारेज गरेको बताइएको छ।