संक्रमितको घरघरमा औषधि पुर्‍याउदै साँगुरीगढी गाउँपालिका, बजार र पर्यटकीय क्षेत्रपनि बन्द

संक्रमितको घरघरमा औषधि पुर्‍याउदै साँगुरीगढी गाउँपालिका, बजार र पर्यटकीय क्षेत्रपनि बन्द
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। साँगुरीगढी गाउँपालिकाले कोरोना भाइरस संक्रमित विरामीका घरमै पुगेर औषधि वितरण गरेको छ। विरामीलाई चाहिने ज्वरो, निमोनिया, पखला, भिटामिन, मास्क, स्यानिटाइजरलगायतका सामग्री वितरण गरेको साँगुरीगढी गाउँ कार्यपालिका सदस्य बालकृष्ण राईले बताए।

साँगुरीगढीमा हालसम्म ३० जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु होम आइसोलेसनमा बसेको बताइएको छ। त्यस्तै डक्टर र अन्य स्वास्थ्यकर्मी नियुक्त गरेर आइसोलेसन वेड सञ्चालनको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले बताए।

बजार र पर्यटकीय क्षेत्रपनि बन्द

कोरोना सं‌क्रमणबाट जोगिनको लागि साँगुरीगढी गाउँपालिकाले स्थानीय बजार खोल्न, पर्यटकीय क्षेत्रमा घुमघाम र सार्वजनिक कार्यक्रम गर्न निषेध गरेको छ।

यो गाउँपालिकामा पूर्वकै पर्यटकीय गन्तब्य भेडेटार, नाम्जे, ओख्रे, धजेडाँडा नमस्ते झर्नालगायतका पर्छन्। यी क्षेत्रमा निषेध गरेको गाउँपालिका अध्यक्ष कुमारजंग याखाले बताए।