June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

संसद विघटन र निर्वाचनको घोषणाविरुद्ध अदालत जाने विपक्षी गठबन्धनको तयारी

संसद विघटन र निर्वाचनको  घोषणाविरुद्ध अदालत जाने विपक्षी गठबन्धनको तयारी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गएराती गरेको संसद विघटन र निर्वाचनको घोषणाविरुद्ध कांग्रेस, माओवादी, जसपा यादव समूह र माधव नेपाल समूह अदालत जाने भएका छन्।

आज नयाँ बनेश्वरमा बसेको सर्वदलीय बैठकले यो निर्णय गरेको हो। राष्ट्रपति र प्रधानमन्त्री मिलेर गरेको संसद विघटन र निर्वाचनको घोषणाविरुद्ध सामूहिक प्रतिवाद गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए।

१४८ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेकोप्रति गठबन्धनले निन्दा व्यक्त गरेको छ।