अमेरिकाबाट आइपुग्यो स्वास्थ्य सामग्री, अझै दुई खेप आउन बाँकी

काठमाडौं। नेपालमा कोरोना महामारी सामना गर्न अमेरिकी नागरिककातर्फबाट नेपाललाई प्रदान गरिएको स्वास्थ्य सामग्रीसहित एक कार्गो जहाज काठमाडौं आइपुगेको छ ।
अमेरिकाले तीन वटा चार्टर जहाजबाट स्वास्थ्य सामग्री पठाउने क्रममा यो पहिलो उडान काठमाडौं आइपुगेको हो । परराष्ट्र मन्त्रालयकाअनुसार सो जहाजबाट प्राप्त सामग्रीहरु नेपालका लागि अमेरिकी दूतावास र अमेरिकी सहयोग नियोग यूएसएडका अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका छन् ।
अमेरिकाबाट सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा लगायतका सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ । अमेरिकाले अघिल्लो पटक यूएसएडमार्फत् १०० थान भेन्टिलेटर, कोरोना परीक्षण उपकरण, अक्सिजनसम्बन्धी सामग्री, पीपीई, र संक्रमितको जीवन बचाउन चाहिने अन्य मेडिकल सामग्री प्रदान गरेको थियो ।
यूएसएडले भोलि स्वास्थ्य मन्त्रालयलाई एक हजार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस्