तेह्रथुममा एकहप्ताको लागि निषेद्याज्ञा जारी, कोभिड-१९ नियन्त्रणको तयारी के छ

तेह्रथुम। तेह्रथुम जिल्लामा आजदेखि एकहप्ताको लागि निषेद्याज्ञा जारी भएको छ। जिल्ला कोभिड-१९ संकट ब्यवस्ठापन केन्द्र (डीसीसीएमसी) बैठकको सिफारिसपछि जेठ १४ गतेसम्म निषेद्याज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताए। तेह्रथुममा लामो समयसम्म निषेद्याज्ञा जारी नगरी नियन्त्रणको प्रयासमा जुटेको थियो।
तेह्रथुममा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५३ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ।
तेह्रथुममा कोभिड-१९ नियन्त्रणको तयारी के छ?
तेह्रथुम। तेह्रथुम जिल्लामा कोभिड-१९ नियन्त्रणको लागि निरन्तर काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। जिल्ला अस्पतालमा २८ सहित ५३ वटा अक्सिजन सिलिन्डर ब्यवस्था गरिएको छ।
अस्पतालमा १० शैय्याको आइसोलेसन सेन्टर छ भने थप १० वेडको बनाउँदै गरिएको छ। जिल्लाका अन्य ४ वटा स्वास्थ्यचौकीमा ४८ शैय्यामा कोभिड-१९ संक्रमित बिरामी राख्न सकिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।

प्रतिकृया दिनुहोस्