एमाले स्थायी कमिटी बैठकले माधव नेपाल र झलनाथ खनालसहित ११ जनालाई सोध्यो स्पष्टीकरण

एमाले स्थायी कमिटी बैठकले माधव नेपाल र झलनाथ खनालसहित ११ जनालाई सोध्यो स्पष्टीकरण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेकपा स्थायी कमिटीको बैठकले कम्युनिष्ट आनदोलनाई कमजोर बनाएको र विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर सरकार हटाउने गतिविधिमा संलग्न भएको भन्दै ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

उनीहरुको स्पष्टीकरणको आधारमा आगामी कदम चालिने प्रवक्ता प्रदीप ज्ञवालीले बताए। पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन र प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउन भूमिका खेलेको ११ जनालाई स्पष्टीकरण सोधेको हो।

स्पष्टीकरण सोधिएका नेता र सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल र भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु रहेको प्रवक्ता ज्ञवालीले बताए।