एमाले विभाजनको अन्तिम तयारी,माधव नेपाल समूहको युवा नेता जीवन राई अध्यक्ष रहेको नेकपा एकिकृत पार्टी दर्ता

एमाले विभाजनको अन्तिम तयारी,माधव नेपाल समूहको युवा नेता जीवन राई अध्यक्ष रहेको नेकपा एकिकृत पार्टी दर्ता
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि आवेदन परेको छ। राईले नेपाल कम्युनिष्ट पार्टी, एकीकृत नामको पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टीको चुनाव चिन्ह कलम प्रस्ताव गरेका राईले बताए।

टिमको सल्लाहमा नभए दर्ता नगरे बताएपनि एमालेका नेपाल समूहले नयाँ पार्टी खोल्ने तयार गरेको बताइएको छ। निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको नेकपा एकिकृत पार्टीको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कन्चना गुरुङ, महासचिव विदुर खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष पृथ्वी खनाल रहेका छन्।

केन्द्रीय समिति २५ सदस्यीय रहेको छ। पार्टी पार्टी दर्ता प्रक्रिया पूरा गरेपछि मात्रै नेताहरुसँग छलफल हुने अध्यक्ष राईको भनाइ छ।

माधव नेपाल समूहका युवा नेतालाई किन पार्टी दर्ता गर्न लगाए?

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निष्काषन गरेको खण्ड तथा पार्टी दर्ताको समय अपुग हुने भएपछि डमी पार्टी दर्ता गरिएको बुझिएको छ। माधव नेपाल समूहका युवा नेतालाई परिचालन गरेर पार्टीको नाम नेकपा एकिकृत र चुनाव चिन्ह कलम प्रस्ताव गरिएको छ।

राष्ट्रियसभा सदस्यका उम्मेदवार खिमलाल देवकोटाले पाएको कलम चुनाव चिन्ह माग गरिएकाले माधव नेपाल समूह औपचारिक पार्टी विभाजनको पक्षमा उभिएको बताइएको छ।