June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

केन्द्रदेखि स्थानीय तहसम्मै कार्यगत एकता गर्ने विपक्षी गठबन्धनको सहमति

केन्द्रदेखि स्थानीय तहसम्मै कार्यगत एकता गर्ने विपक्षी गठबन्धनको सहमति
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध एकजुट बनेको पाँच दलीय विपक्षी गठबन्धनले स्थानीय तहसम्मै कार्यकगत एकता गर्ने सहमति गरेको छ ।

आज (आइतबार) बानेश्वरमा भएको विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच बैठकमा केन्द्रमा पाँच शक्तिबीच जसरी मोर्चाबन्दी भएको छ, त्यस्तै मातहतका कमिटीमा पनि यी पाँच वटै शक्तिबीच मोर्चाबन्दी गरेर सरकारविरुद्ध राजनीति र न्यायिक लडाइँ लड्ने सहमति भएको एक नेताले बताए।

सहमतिअनुसार आज पाँच वटै दलका नेताहरुले आआफ्नो पार्टी कमिटीलाई निर्देशन गर्ने बताइएको छ। बैठकमा कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधवकुमार नेपाल समूह र जनमोर्चाका नेताहरुको सहभागिता थियो ।