बङ्गलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने

बङ्गलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी। बङ्गलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउदै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ।
सरकारले बन्दाबन्दीको अवधि बढाएपनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ। बङ्गलादेशले महामारी फैलिन नदिन गत महिनादेखि बन्दाबन्दीको घोषणा गरेको थियो।

शनिबार, यहाँको स्वास्थ्य सेवा महानिर्देशालयले गत २४ घण्टाभित्र कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक हजार २८ रहेको छ भने ३८ सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बङ्गलादेशमा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ८७ हजार ७२६ पुगेको छ भने १२ हजार ३४८ सङ्क्रमितको मृत्यु भएको छ ।

आधिकारिक तथ्याङ्कका अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.५७ प्रतिशत छ र निको भएकाको सङ्ख्या ९२.६५ प्रतिशत छ ।