संक्रमितको घरमै औषधि पुर्‍याउदै ‘छथर जोरपाटी’ गाउँपालिका, पर्यटकीय क्षेत्र र बजार बन्द

संक्रमितको घरमै औषधि पुर्‍याउदै ‘छथर जोरपाटी’ गाउँपालिका, पर्यटकीय क्षेत्र र बजार बन्द
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कोरोना संक्रमित विरामीलाई घरमै पुगेर औषधि र अन्य पोषणका सामग्री वितरण गरिरहेका छन्। गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु, उपाध्यक्ष भीमकला श्रेष्ठ र कार्यालयका कर्मचारीसहितको टोलीले संक्रमितका घरमै पुगेर ज्वरो, निमोनिया,झाडापखला, भिटामिन र अण्डा वितरण गरेको अध्यक्ष लिम्बुले बताए।

छथर जोरपाटीमा हाल ४७ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने २ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण भएका विरामीलाई उपचार गर्न स्थानीय स्वास्थ्य चौकीमा आइसोलेसन वेडसमेत तयार गरेको बताइएको छ।

पर्यटकीय क्षेत्र र बजार बन्द

छथर जोरपाटी गाउँपालिकाले कोरोना संक्रमण बढ्न थालेपछि स्थायीबजार र पर्यटकीय क्षेत्र बन्द गरेका छन्।

तरकारीको राजधानी सिधुवा,जोरपाटी, काजिमाने, त्रिसुलेलगायतका बजार बन्द भएका छन्। त्यस्तै छथर जोरपाटी गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्रमा भीडभाड गर्न निषेद्य गरेको अध्यक्ष लिम्बुले बताए।