एमाले नेता मेन्याङवो भन्छन्- प्रधानमन्त्री बन्न नपाएर आन्दोलन गर्छु भन्नु लज्जास्पद कुरा हो

एमाले नेता मेन्याङवो  भन्छन्- प्रधानमन्त्री बन्न नपाएर आन्दोलन गर्छु भन्नु लज्जास्पद कुरा हो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ। एमाले केन्द्रीय सदस्य तिलकुमार मेन्याङवोले प्रधानमन्त्री बन्न नपाएर आन्दोलन गर्छु भन्नु लज्जास्पद कुरा भएको बताएका छन्।

सामाजिक सञ्जालमा आफ्नो विचार राख्दै नेता मेन्याङवोले भने,”प्रधानमन्त्री बन्न नपाएर आन्दोलन गर्ने विपक्षी दलका नेता र आफ्नै दलका अध्यक्ष र प्रधानमन्त्री हटाउनको लागि हस्ताक्षर गर्दै हिँड्ने र अदालत जाने कुरा लज्जाको विषय हो।”

विधि र पद्धतिको कुरा गर्नेले अनुशासनहीन काम गर्नु झनै लज्जाको विषय हो। मेन्याङवो माधव नेपाल समूहलाई छाडेर पार्टी संस्थापन पक्षमा लागेका थिए। उनी एमाले ताप्लेजुङ जिल्ला इन्चार्ज पनि हुन्।