अक्सिजन ट्यांक खरिद र जडानको लागि धनकुटा अस्पताललाई ७५ लाख

धनकुटा। धनकुटा जिल्ला अस्पतालमा कोरोना भाइरस संक्रमित विरामीलाई उपचार गर्ने उपकरण र अन्य ब्यवस्थापनका लागि ७५ लाख रूपैया बजेट विनियोजन भएको छ।
अर्थ मन्त्रालयले जिल्ला अस्पतालमा अक्सिजन ट्यङ्क खरिद र जडानको लागि यो बजेट विनियोजन भएको निवर्तमान सांसद राजेन्द्र राईले बताए। तत्काललाई यो बजेटबाट काम थलानी गर्ने र थप बजेटको लागि अर्थमन्त्रीसँग कुराकानी भइरहेको सांसद राईले बताए।
धनकुटामा कोरोना संक्रमण बढेपछि पछिल्लो ३ हप्तादेखि निषेद्याज्ञा लगाइएको छ।

प्रतिकृया दिनुहोस्