एमाले स्थायी कमिटी बैठकले नेता माधव नेपाल र झलनाथ खनालसहित ११ जनालाई साधारण सदस्यबाट निष्कासित गर्ने निर्णय, १२ जना स्पष्टीकरण सोध्यो

एमाले स्थायी कमिटी बैठकले नेता माधव नेपाल र झलनाथ खनालसहित ११ जनालाई साधारण सदस्यबाट निष्कासित गर्ने निर्णय, १२ जना स्पष्टीकरण सोध्यो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेकपा एमालेले माधव नेपाल, झलनाथ खनाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको छ।

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपाल र खनालसहित भीम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। स्पष्टीकरण सोधिएका ११ जनालाई नै कारबाही गरिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

त्यस्तै विपक्षी गठबन्धनको तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने १२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ। विपक्षी गठबन्धनमा सही गर्ने घनश्याम भुसाल, विरोध खतिवडा, झपट रावल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपक भट्ट, मेटमणी चौधरी, यज्ञराज सनुवार, भवानी खापुङ, कृष्णलाल महर्जन, नारायण खतिवडा र जिवनराम श्रेष्ठलाई स्पष्टीकरण सोधिएको हो।

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदुरपस्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम सरकारमाथि संकट थपिएको छ।