औषधि बोकेर संक्रमितको घरैमा पुग्छन महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधि, स्थानीय बजार बन्द

धनकुटा। महालक्ष्मी नगरपालिकाले कोरोना संक्रमित विरामीको उपचारको लागि ‘घरमै औषधि कार्यक्रम’ सुरु गरेको छ। ज्वरो, निमोनिया, झाडापखला र भिटामिन बोकेर नगरपालिकाका मेयर पर्शराम नेपाल,उपमेयर मन्जु अधिकारीलगायतका जनप्रतिनिधि र कर्मचारी विरामीको घरमै पुगेका छन्।
विरामीको लागि वैद्य बोलाएर आयुर्वेद औषधिसमेत बनाउन लगाएको मेयर नेपालले बताए।महालक्ष्मी नगरपालिकामा करीब ५० जना कोरोनाका विरामी छन्। विरामीको उपचारको लागि स्थानीय सामुदायिक हलमा १० वेडको आइसोलेसनसमेत सञ्चालन गरेको बताइएको छ। यसमा विरामीको उपचार भइरहेको उनले बताए।
स्थानीय बजार बन्द
कोरोना रोकथामको लागि महालक्ष्मी नगरपालिकाले स्थानीय बजार पूर्णरुपमा बन्द गरेको छ। नगर क्षेत्रभित्र रहेका जितपुर,लेगुवा रामबजार, नेता चौक चित्रेलगायतका बजार बन्द भएका छन्। त्यस्तै स्थानीयबासीलाई स्वास्थ्य प्रोटोकल पालना गर्न, मेला, भोज, विहे, व्रतबन्ध जस्ता कार्य नगर्न अनुराध गरेको मेयर नेपालले बताए।

प्रतिकृया दिनुहोस्