नेपाल राष्ट्र बैंकले खुलायो ‘नागरिक बचतपत्र’, विद्युतीय कारोबारमा जोड

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजदेखि आवेदन गर्न मिल्ने नागरिक बचतपत्रको बिक्री खुला गरेको छ। बैंकले आजदेखि ५ वर्षे अवधिको २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र ल्याएको हो।
यसमा नागरिकले कम्तिमा १० हजार रुपैयाँदेखि अधिकतम २ अर्बसम्म लगानी गर्न सक्नेछन्। ९ प्रतिशत ब्याजदरको बचतपत्रले प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी दिन्छ।
राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञाको समयमा कडाई गरेको छ। केन्द्रीय बैंकले संक्रमणको दर बढिरहेको समयमा शाखा सञ्चालनमा कडाई गरेको हो। जसअनुसार उपत्यकामा वाणिज्य बैंकले जम्मा ६ वटा शाखा सञ्चालन गर्न पाउँछन्।
काठमाडौंमा ३, लतिलपुरमा २ र भक्तपुरमा १ शाखा मात्रै सञ्चालन गर्न पाइने बताइएको छ। राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालमा नगदरहित कारोबारलाई प्रोत्साहन गरेको बताएका छन्।

प्रतिकृया दिनुहोस्