उपत्यकामा एक साता कडाइका साथ थपियो निषेधाज्ञा, दिउँसो सरकारी गाडी चल्न नपाउने

उपत्यकामा एक साता कडाइका साथ थपियो निषेधाज्ञा, दिउँसो सरकारी गाडी चल्न नपाउने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेका छन्। जसअनुसार जेठ १४ गते रातीदेखि लागु हुने गरेर २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ।

काठमाडौं जिल्ला प्रशासनले प्रकासन गरेको सूचनामा आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारबाही हुने उल्लेख छ। बैठकलेअत्यावश्यक वस्तुको बिक्री गर्ने पसलहरु विहान ९ बजेसम्म मात्रै खोल्न दिने निर्णय गरेको छ। तरकारी, फलफुल, दुध डेरी, मासु, खानेपानी र ग्यास पसलहरु विहानको ९ बजेसम्म मात्र खुल्ने भएका हुन्।

किरानापसल र डिपार्टमेन्टल स्टोरसँगै ‘मर्निङ वाक’ र फुटपाथ पसल पनि बन्द गर्ने प्रशासनले बताएको छ। त्यस्तै विकास निर्माणका काम र ढुवानीसमेत बन्द भएको छ।

निषेधाज्ञामा सरकारी गाडीलाई पनि कडाई गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले २० गतेसम्म दिउँसो सरकारी गाडी चल्न नदिने निर्णय गरेका छन्। निर्णयअनुसार विहान साढे ९ देखि साढे १० बजेसम्म र बेलुका ५ देखि ६ बजेसम्म मात्र सरकारी गाडी चल्न पाउनेछन्।