संक्रमितको घरमै पुगेर औषधि वितरण गर्दै सहिदभूमी गाउँपालिका जनप्रतिनिधि

धनकुटा। जिल्लाको सहिदभूमी गाउँपालिकाले कोरोना संक्रमितको उपचारको लागि घरमै पुगेर औषधि वितरण गरेको छ। ज्वरो,निमोनिया,झाडापखाला र भिटामिन बोकेर गाउँपालिका अध्यक्ष मनोज राई,उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, अन्य जनप्रतिनिधि र कर्मचारीहरु विरामीको घरमै पुगेर औषधि वितरण गरेका हुन्।
महामारीको बेलामा जनताको जीवन रक्षाका लागि जोखिम मोलेरै भएपनि संक्रमित विरामीको घरमै पुगेको गाउँपालिका अध्यक्ष राईले बताए। यो गाउँपालिकामा ७९ जना कोरोना संक्रिमत पुष्टि भएको छ।
त्यस्तै संक्रमितको उपचारको लागि स्थानीय स्वास्थ्यचौकीमा आइसोलेसन वेड समेत सञ्चालनमा ल्याएको छ। योसँगै गाउँपालिका क्षेत्रमा लाग्ने हाटबजार, मेला, यातायात, विहेकार्जे पनि बन्द गरेको अध्यक्ष राईले बताए।

प्रतिकृया दिनुहोस्