बुद्ध जयन्ती तथा उभौली पर्वमा मुख्यमन्त्री राईको शुभकामना, मौलिक चाडपर्वले साझा पहिचान झल्काउने र समुदायमा सहअस्तित्व स्थापना हुनेछ

बुद्ध जयन्ती तथा उभौली पर्वमा मुख्यमन्त्री राईको शुभकामना, मौलिक चाडपर्वले साझा पहिचान झल्काउने र समुदायमा सहअस्तित्व स्थापना हुनेछ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको शान्ति र अहिंसाको उपदेशले बन्धुत्व, सामाजिक सद्भाव र दीगो शान्ति स्थापना गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।

२५६५औं बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा आज शुभकामना दिँदै यस्ता पर्वले भाइचारा सम्बन्ध स्थापना हुने र सामाजिक एकतालाई बलियो बनाउने बताए। नेपालीको मौलिक चाडपर्वले साझा पहिचान झल्काउने र सवै जातजाति र समुदायमा सहअस्तित्व स्थापना हुने मुख्खमन्त्री राईले बताए।

कोरोना महामारीको बेला सबै समुदायले सुरक्षित भएर चाडपर्व मनाउन, सकेसम्म ठूला जमघट नगर्न र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न मख्यमन्त्री राईले अनुरोध गरे।