संसद विघटनविरुद्ध सामाजिक सञ्जालमार्फत कांग्रेसले बहस चलाउने

संसद विघटनविरुद्ध सामाजिक सञ्जालमार्फत कांग्रेसले बहस चलाउने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन नगरी संसद विघटनको विरोधमा उत्रिएको नेपाली कांग्रेसले सामाजिक सञ्जालमार्फत बहस चलाउने भएको छ।

आज बसेको पदाधिकारी बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले राजनीतिक दवाबका लागि सामाजिक सञ्जालमार्फत बहस चलाउने बताए। “कोरोना संक्रमणको कारण हामी सडक आन्दोलनमा तत्काल जाँदैनौ। तर सामाजिक सञ्जालबाट असंवैधानिक कदमको विरोधमा बहस चल्छ,” महतले भने।्

यतिवेला सडकमा आन्दोलन गर्ने बेला हो। हजारौं जनता सडकमा आउथे । तर यो महामारीको बेला सडकमा भन्दा भर्चुअल संवाद र छलफल उपयुक्त हुने भएकाले यो निर्णय गरेका महतले बताए। कांग्रेसले केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडास्तरमा भर्चुअल छलफल गर्ने बताए।