सांसद राईले धनकुटा पुर्‍याए २५ लाखभन्दा बढीको स्वास्थ्य सामग्री, जिल्ला अस्पताललाई ती सामग्री हस्तान्तरण

सांसद राईले धनकुटा पुर्‍याए २५ लाखभन्दा बढीको स्वास्थ्य सामग्री, जिल्ला अस्पताललाई ती सामग्री हस्तान्तरण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले ब्यक्तिगत पहलमा सं‌कलन गरिएको कोभिड-१९ का विरामीको उपचार गर्न आवश्यक पर्ने २५ लाख बराबरको स्वास्थ्य सामग्री तथा उपकरणहरू गृह जिल्ला धनकुटाको अस्पताललाई हस्तान्तरण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेर लगिएका ती सामग्री धनकुटा अस्पातालका डक्टर पुजन विश्वकर्मालाई निवर्तमान सांसद राईले हस्तान्तरण गरेका हुन्। हिजो मंगलबार काठमाडौंबाट सामग्री लिएर गएका सांसद राईले आज बुधबार विहान हस्तान्तरण गरका हुन्।

हस्तान्तरण गरिएका सामग्रीमा १५ थान अक्सिजन सिलिन्डर, एन्टीजोन किट, सर्जिकल मास्क भीटीआइ किट, सेनेटाइजर, पीपीई सेट, ग्लोब्स, अक्सिमिटरलगायतका सामग्री रहेको सांसद राईले बताए।

यसअगाडि सांसद राईकै पहलमा अर्थ मन्त्रालयबाट धनकुटामा अक्सिजन ट्यांक खरिद र जडाका लागि ७५ लाख बजेट विनयोजन भइ काम भइरहेको छ। त्यस्तै सांसल राईकै पहलमा धनकुटामा पीसीआर परीक्षण मेशिनसमेत जडान भएको थियो।