एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता हुन मन्त्रीलाई पत्र पठायो

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता हुन मन्त्रीलाई पत्र पठायो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी आफ्ना ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन पत्र पठाएको छ। प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै माओवादी नेतृत्वको सरकारबाट बाहिरिन निर्देशन दिएका हुन्।

सुदुरपश्चिम सरकारमा एमालेवाटआन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी रहेका छन्। उनीहरु सबै कारबाहीमा परेका माधव नेपाल पक्ष संसद हुन्।

यस अगाडी हिजो एमाले प्रदेश संसदीय दलले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो। प्रदेशसभामा २५ जना सांसद रहेको एमालेमा कारबाहीमा परेका माधव नेपाल पक्ष संसदको बहुमत रहेको छ। त्यही कारण संसदीय दलले सरकारबाट फिर्ता नलिने निर्णय गरेको थियो।