सार्वजनिक कार्यक्रममा कांग्रेस नेताहरुको दोहोरी, सभापति देउवा भन्छन्, महाधिवेशन गरेन भनेर कलंक राख्न चाहन्न, नेता पौडेल भन्छन्, पुरानै प्रतिनिधिमार्फत महाधिवेशन गरौं

सार्वजनिक कार्यक्रममा कांग्रेस नेताहरुको दोहोरी, सभापति देउवा भन्छन्, महाधिवेशन गरेन भनेर कलंक राख्न चाहन्न, नेता पौडेल भन्छन्, पुरानै प्रतिनिधिमार्फत महाधिवेशन गरौं
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच नेपाल प्रेस युनियनको वार्षिक उत्सव कार्यक्रम मञ्चमै दोहोरी चल्यो। कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले पुरानै महाधिवेशन प्रतिनिधिमार्फत भएपनि पार्टीको महाधिवेशन गर्नुपर्ने माग दोहोर्‍याए।

उनले समयमै नयाँ केन्द्रीय समितिको चुनाव गर्नु पर्ने बताए। टुङगो लागेको क्रियासिल सदस्यबाट महाधिवेशन प्रतिनिधि टुङग्याउने वा पुरानै प्रतिनिधिबाट चुन्ने व्यवस्था गर्न सकिने उनले बताए। भदौ भित्र महाधिवेशन नगरे संविधान अनुसार पार्टी नै खारेज हुनेछ।

पौडेलले भनाइपछि सभापति देउवाले पार्टीको महाधिवेशन गरेन भनेर कलंक राख्न नचाहेको स्पष्ट पारे। पौडेलले बैकल्पिक हिसावले भएपनि महाधिवेशन गर्नुपर्ने भनेपछि जवाफमा देउवाले भने- उत्तम विकल्प के छ त। म महाधिवेशन गर्न तयार छु। देउवाले भने, “कसरी के गर्ने भन्नुस त्यो गर्न म तयार छु। एउटा बाटो निकालौ। केही त आधार होलान, खोजौं।”