शाहरुखको फिल्मबाट बाहिरिए कार्तिक

एजेन्सी। शाहरुख खानको प्रोडक्सन हाउस रेड चिल्ली इन्टरटेन्मेन्टको व्यानरमा बन्न लागेको चलचित्र ‘फ्रेडी’बाट कार्तिक आर्यन निकालिएको भारतीय संञ्चार माध्यमले जनाएका छन्।
नायक कार्तिक आर्यन र नायिका कट्रिना केफको मुख्य भुमिका रहने बताइएको उक्त चलचित्रको कार्तिकले स्क्रिप्ट बदल्नु पर्ने बताए।
जसमा कार्तिक र निर्माण पक्षको कुरा नमिलेपछि चलचित्रको लागि कार्तिकले लिएको दुई करोड रुपैयाँ पनि फिर्ता गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस्