स्थानीय प्रविधिको प्रयोग गरी म्याग्दीमा हावाबाट बिजुली निकालियो

म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको लभ्लीहिलमा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको छ।
काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो। करिब तीन महिनाको अनवरत प्रयासपछि हावाबाट बिजुली उत्पादन गर्न सफल भएको म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठले बताए। यसमा करिब एक लाख खर्च लागेको छ।
यसअघि बेनी तथा अन्य ठाउँबाट पर्यटकहरुको घुइँचो लाग्ने लभ्लीहिलमा स्तरीय रेष्टुरेन्ट र खानेपानीको व्यवस्था भएपनि बिजुलीको व्यवस्था भने हुन सकेको थिएन । म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक श्रेष्ठकाअनुसार सात वटा बल्ब बाल्न सक्ने क्षमता भए पनि अहिले चार वटा बल्ब मात्र बाल्न सकिएको छ। भर्टिकल टर्वाइन पोलमा हावाको गति कम भए पनि चल्न सक्ने क्षमता हुन्छ ।

प्रतिकृया दिनुहोस्