अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन सुरु, २४ हजारभन्दा बढी प्रहरीले लगाए खोप

अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन सुरु,  २४ हजारभन्दा बढी प्रहरीले लगाए खोप
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुलाई कोरोनाविरुद्धको दोस्रो खोप आजबाट लगाउन सुरु गरिएको छ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुमध्ये २४ हजार १६० जनाले दोस्रो चरणमा खोप लगाएका छन्। बुधबार र बिहीबार मात्र ३ हजार ३९३ जनाले दोस्रो डोज खोप लगाएको प्रहरीले जनाएको छ।

खोप भोलि र पर्सीसम्म लगाइने प्रहरीले जनाएको छ। कोभिसिल्ड पहिलो डोज खोप लगाएका प्रहरी कर्मचारीहरुलाई दोस्रो डोज खोप लगाउन सुरु गरिएको हो। नेपाल प्रहरीमा देशभर कार्यरत प्रहरी कर्मचारीहरुमध्ये ३७ हजार ९ सय ६१ जनाले पहिलो डोज खोप लगाइसकेका छन्।