बानका अध्यक्ष न्यौपानेको निधन

बानका अध्यक्ष न्यौपानेको निधन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी। नीजि रेडियो सञ्चालकहरुको छाता संस्था ब्रोडकास्टिङ एसोसियसन नेपाल(बान)का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना सं‌क्रमणको करण मृत्यु भएको छ।

विगत एक महिनादेखि कोरोना भाइरससँग लडिरहेका न्यौपानेको विराट मेडिकल अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो। उनको ३ पटक प्लाज्मा थेरामी गरिएको थियो।

सप्तकोशी एफएमका स्टेसन मेनेजरसमेत रहेका न्यौपाने सरकारले बनाएको विज्ञापन बोर्डका सदस्य थिए। उनी इटहरी निवासी हुन्। एमाले केन्द्रीय प्रचार विभाग सदस्य रहेका न्यौपानेका एक छोरा र श्रीमति छन्र